पर्वतीय दौडमा तीन देशका १०४ धावक दौडिँदै

Bimala Sene Avatar

पर्वत : पोखरा क्लिक अनलाइनको आयोजनामा शनिबार पोखरामा हुन लागेको प्रथम पर्वतीय दौड प्रतियोगिता-२०८१ मा तीन देशका १०४ धावकले सहभागिता जनाउने भएका छन्।

‘खेल पर्यटन प्रवर्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ आयोजना गरिएको प्रतियोगितामा नेपाल, बेलायत र ब्राजिलका धावकले भाग लिन लागेका हुन्। प्रतियोगितामा ७१ जना पुरुष र ३३ महिला धावकले भाग लिँदै छन्। उनीहरूमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र नौ वर्षीय बालकले समेत सहभागिता जनाउँदै छन्। 

पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार शनिवार बिहान ७ बजेदौड शुरु हुनेछ। विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट महादेवको मूर्ति परिक्रमा गरी पोखरा महानगरपालिका–२२ को वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुङ्गिने आठ किलोमिटर लामो दौडमा खुला, महिला, पोखरा महानगरपालिका–२२ को वडास्तरीय र यु–१६ गरी चार इभेन्ट समावेश गरिएको छ। 

खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई सात हजार सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। महिला धावक र यू-१६ बालबालिका, पोखरा महानगरपालिका–२२ का धावकमध्ये उत्कृष्ट एक-एक जनालाई नगद सात हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

सोही अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पुर्‍याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ गरिँदै छ।

विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगिताले पर्यटनको राजधानी पोखराका प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार सहित पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search