एरिकालाई ऐतिहासिक रजत

Bimala Sene Avatar

काठमाडौं : नेपालकी कराते स्टार एरिका गुरुङले चीनको हाङझावमा जारी २०औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन्। 

आइतबार भएको महिला ६८ केजीमाथि तौलसमूहको फाइनमा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन्। एसियाली सिनियर करातेमा एरिकाले जितेको यो पहिलो पदक हो। यसअघिका सबै संस्करणमा नेपाल पदकविहीन बनेको थियो।

सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्। क्वार्टरफाइनलमा एरिका र काजकिस्तानकी सोफिया बेरुल्टसेभाकबिचको खेल १–१ को बराबरीमा सकिएपनि ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भइन्। 

उनले प्रिक्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले हराइन्। स्वर्णको लागि भएको फाइनलमा भिडन्तमा भने एरिका चुकिन्।  यस प्रतियोगितामा नेपालबाट एरिकासहित ११ खेलाडीले भाग लिएका छन्।

एरिकाले एक वर्षअघि चीनको हाङझावमै भएको एसियाली खेलकुद (एसियाड) मा नेपाललाई रजत पदक दिलाएकी थिइन्।  एसियाड करातेमा रजत जित्ने एरिका पहिलो खेलाडीसमेत हुन्। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search