लन्डन । तमु धीं यूकेको आगामी १४ डिसेम्बर २०२४ मा २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशन हुने भएको छ ।
अध्यक्ष हरि गुरुङको अध्यक्षतामा यही ११ सेप्टेम्बरमा जुममार्फत बसेको १५ औं नेपाली मेला समीक्षा बैठकले महाधिवेशन मिति निर्धारण, तमु ल्होछार विशेष रुपमा मनाउने लगायत निर्णय गरेको हो ।
उक्त बैठकमा १३औं कार्यसमितिका लागि निर्वाचन मण्डलको पनि घोषणा गरिएको थियो ।
निर्वाचन मण्डलमा एकेन्द्र गुरुङ संयोजक तथा सल्लाहकार मेजर कृष्ण गुरुङ र सल्लाहकार क्याप्टेन बालकृष्ण गुरुङ सदस्य रहनु भएको अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो ।