काठमाडौँ । पहिचान पुरस्कार कोषले २०८० सालको ‘पहिचान पुरस्कार’का लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ ।
कोषको भदौ २५ गते बसेको बैठकले २०८०/२०८१ मा कोषमा दर्ता भएका पुस्तकमध्येबाट उत्कृष्ट पुस्तकको छनोट गरेको संस्थापक नरेश काङमाङ राईले जनाएका छन् ।
छनोटमा परेका पुस्तकहरूमा सिलिदुङ (गिलु रातोस), गोपीचा (विश्व कुइँकेल), आगोको पिदार (मिथोच), ओ पेङ्दोर्जे (राजु स्याङ्तान), चिया गफ (प्रवीण खालिङ– भारत), सपनाहरूको बही (अभागी थेगुवा), मुन्दुम ट्रेल (श्याम सामसोहाङ राई), त्यसरी त कहिल्यै सोचिएन (निर्भीकजंग रायमाझी) रहेका छन् ।
पुरस्कारको राशि चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।
गत वर्ष प्रगति राईको थाङ्ग्रा र प्रकाश गुरागाईंको जक्सन पीपलबोटले यो पुरस्कार पाएका थिए ।