विश्वप्रख्यात अभ्यासका लागि नेपाली सेनाको टोली लन्डनमा

Bimala Sene Avatar

लन्डन । नेपाली सेनाको टोली विश्वप्रख्यात एवं कठोर मानिने एक अभ्यासका लागि सोमबार राती लन्डन आइपुगेको छ ।

नेपाली सेनाका १० जनाको टोलीलाई लन्डनस्थित नेपाली दूतावासका सैन्य सहचारी कर्णेल अनुप शाहले हिथ्रो विमानस्थलमा स्वागत गरे । टोली संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित ब्रेकनमा हुने ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२४’ मा सहभागी हुन आएको हो ।

उक्त अभ्यास आगामी महिना ४ देखि १३ अक्टोबरसम्म चल्नेछ । यो ब्रिटिस सेनाको प्रमुख पट्रोल इभेन्ट मानिन्छ जुन मुख्यालय १६० औं वेल्स ब्रिगेडले आयोजना गरेको हो । गत वर्ष २०२३ मा ११३ टिमले यस अभ्यासका लागि आवेदन दिएका थिए, जसमध्ये ३८ वटा टिम अन्तर्राष्ट्रिय थिए ।

ब्रिटिस सेनाले यसको उद्देश्य परिचालन क्षमता वृद्धि गर्न चुनौतीपूर्ण विश्वस्तरिय गस्ती अभ्यास प्रदान गर्नु रहेको जनाएको छ । क्याम्ब्रियन पेट्रोल आवेदन छनोट भएका सबै तीन सेवा (नियमित र रिजर्भ बल) एवं विदेशी सैन्य एकाइहरुबीच वार्षिक रूपमा सञ्चालन गरिन्छ ।

अभ्यास ४८ घण्टाका दरले आठ चरणमा १० दिनसम्म हुनेछ । प्रत्येक गस्तीले लगभग ६० किलोमिटर (औसत आरोहण र अवतरण एक हजार मिटर बढी) कभर गर्नेछ र प्रति व्यक्तिले ३५ किलो तौल बोक्नेछन् ।

अभ्यास ज्यादै कठोर हुने भएकाले सबै सहभागी मानसिक र शारीरिक दुवै रूपमा चुनौती सामना गर्न तयार हुनुपर्ने ब्रिटिश सेनाको भनाइ छ । गत वर्ष नेपाली सेनाले यो अभ्यासमा रजत पदक जितेको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search