, , ,

मिस मगर नेपालको उपाधि म्याग्दीकी क्रिस्टिना मगरलाई

Bimala Sene Avatar

काठमाडौँ । सातौँ संस्करणको मिस मगर नेपाल २०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छन् । निट डेन्टल केयर प्रिजेन्ट्स प्रतियोगिताको फाइनलमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै  क्रिस्टिनाले ताज पहिरिएकी हुन् । 

पोखराको होटल ग्रान्डमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र धवलागिरी गाउँपालिका–४ मुदीकी नरिशा पुन मगर सेकेन्ड रनरअप घोषित भए । थर्ड रनरअप रश्मी आले मगर तथा भ्युअर च्वाइस अवार्ड माया दर्लामी मगरले जिते । 

एसटी क्रिएसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरेको हो । फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलगायतको सहभागिता थियो ।

कार्यक्रमलाई निट डेन्टल केयर प्रालि आइवा एजुकेसन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एन्ड ट्रेकिङ प्रालि, युमे जापानिज ल्याङवेज, सोल फेसन, परिचय एड्भटाईजिङ, त्रिपुरा लाउन्च, मुग्लान रेस्टुरेन्ट आदीको सहयोग थियो । अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट ११ प्रतियोगीले करिब एक महिनासम्म सिकेका कुरालाई ग्रान्ड फिनालेमा प्रस्तुत गरेका थिए ।  

मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्युज र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी थिए । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search