१४ सेप्टेम्बरमा लन्डनमा इन्फा अवार्ड वितरण, चर्चित फिल्मकर्मी सहभागी हुने

Bimala Sene Avatar

लन्डन । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमाा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) हुँदैछ । यति नेपाली एसोसिएसन, युकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि. को व्यवस्थापनमा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम ग्रीनफोर्ड हलमा हुनेछ । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । कार्यक्रम नेपाली चर्चित फिल्मकर्मीको उपस्थितिमा हुनेछ ।

अवार्ड वितरणअघि वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सूची समेत सार्वजनिक गरिसकेको छ । जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरेपश्चात् उत्कृष्ट मनोनयन छनोट गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उत्कृष्ट सूचीबाट छानिएकाले पुरस्कार पाउनेछन् । अवार्ड कार्यक्रम भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्वअध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशीषराज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा खटिरहेका छन् भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेको आयोजकले जनाएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search