बेलायतमा सम्पन्न रेडिङ कप फुटबलको उपाधि ब्रिगेड ब्वाइज्‌ क्लबलाई 

Bimala Sene Avatar

लन्डन । ग्रेटर रेडिङ नेपाली कम्युनिटीको आयोजनामा बेलायतमा हरेक वर्ष सञ्चालन हुंदै आएको रेडिङकप फुटबलको यस वर्षको उपाधि ब्रीगेड ब्वाइज् क्लब (बीबीसी) ले जितेको छ ।

गत शनिबार रेडिङको पाल्मर पार्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा एफसी तोङ्वालाई पेनाल्टीमा पराजित गर्दै बीबीसीले १७ औं रेडिङकप हात पारेको हो । जम्मा १६ टीम सहभागी मुख्य विधामा विजेता बीबीसीले कपसंगै २ हजार २४ पाउण्ड नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता एफसी तोङ्वाले १ हजार २४ पाउण्ड, ट्रफी र प्रमाणपत्र पायो ।

प्रतियोगिताको भेट्रानतर्फ १० टीमको प्रतिस्पर्धामा नखिपोट एफसी विजेता र इन्टेक ०४ उपविजेता बने । उनीहरुले क्रमशः १ हजार २४ र ५ सय २४ पाउण्ड नगदसहित पुरस्कार प्राप्त गरे । त्यस्तै, ४ टीमले खेलेको सुपर भेट्रान विधामा केनी एफसी विजेता र इलाम एफसी उपविजेता विजेता बन्दै क्रमशः ५ सय २४ र ३ सय २४ पाउन्ड नगदसहितको पुरस्कार प्राप्त गरे ।

विजेता टीम तथा खेलाडीलाई समाजका अध्यक्ष भिमसेन खड्का, इभेन्ट संयोजक एवम् सचिव डा भरत पौडेल, सल्लाहकार विश्वआदर्श पण्डित, पूर्व अध्यक्षहरु महेश गुरुङ, अर्जुन बस्नेत, टेक गुरुङ, उपाध्यक्षहरु प्रेम गुरुङ, सुरेशजंग थापा, यादव श्रेष्ठ, कल्पना पण्डित, सल्लाहकार रामेश्वर थापा साथै र्‍याप डिस्ट्रिब्युसनका मुबिन अहमद, जस्ट ममका विलास लामिछाने र उत्तम रिजालसहित प्रायोजकबाट पुरस्कार वितरण गराइएको थियो।

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालले गरेकी थिइन् । सो अवसरमा काउन्सिलर राजेश सिंह, समाजका अध्यक्ष भिमसेन खड्का, पूर्व अध्यक्ष महेश गुरुङलगायत उपस्थित थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search