गोर्खा आन्दोलनमा सहकार्य गर्ने एनआरएनएको प्रतिवद्धता

Bimala Sene Avatar

लन्डन । गैर आवासीय नेपाली संघले पूर्ण अधिकारसहितको नागरिकता प्राप्ति र गोर्खा आन्दोलनमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।  

शनिबार गैर आवासीय नेपाली संघ, गोर्खा टास्क फोर्सका अध्यक्ष चन्द्रबहादुर गुरुङको संयोजकत्व, प्रदेश सांसद डिल्लीराम सुवेदीको प्रमुख आतिथ्य एवं गैर आवासीय नेपाली संघ आइसीसी अध्यक्ष डा. बद्री केसीको विशेष आतिथ्यमा भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिहरुबीच अल्डरसटमा सम्पन्न संयुक्त बैठकले उक्त प्रतिवद्धता व्यक्त गरेको हो । 

बैठकले निम्न घोषणापत्र जारी गरेको छ । 

घोषणापत्र जस्ताको तस्तै: 

गैर आवासीय नेपाली संघ, गोर्खा टास्क फोर्सका अध्यक्ष चन्द्रबहादुर गुरुङको संयोजकत्व, माननीय प्रदेश सांसद डिल्लीराम सुवेदीज्यूको प्रमुख आतिथ्य एवं गैर आवासीय नेपाली संघ आइसीसी अध्यक्ष डा. बद्री केसीको विशेष आतिथ्यमा भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिहरुबीच आज ३१ तारिख शनिबार अल्डरसटमा सम्पन्न संयुक्त बैठकले निम्न घोषणापत्र जारी गरेको छ । 

१. नेपालको संविधान संशोधन तयारी भइरहेका बेला यस बैठक नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०, उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गरिनु पर्दछ ।  साथै गोर्खाहरु त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएर आएकाले गोर्खा तथा निजका सन्ततिहरुको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

२. पूर्ण अधिकारसहितको नागरिकता प्राप्ति र भूतपूर्व गोर्खाहरुका यथोचित माग पुरा गर्ने सवालमा गोर्खा आन्दोलनमा गैर आवासीय नेपाली संघ पूर्ण ऐक्यवद्धतासहित सहकार्य गर्ने अठोट राख्दछ ।

३. भूतपूर्व गोर्खाहरुका माग सम्बोधन गर्न बेलायत र नेपाल सरकारबीच जीटुजी वार्ता अब मन्त्रिस्तरिय रुपमा हुनुपर्छ र यसका लागि गैर आवासीय नेपाली संघले नेपाल सरकारसमक्ष जोडदार पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

साथै, जीटेन वार्ताहरुमा गैर आवासीय नेपाली संघ, गोर्खा टास्क फोर्सका अध्यक्षलाई समेत सहभागी गराउन बैठक माग गर्दछ । 

४. यस ऐतिहासिक बैठकमा प्रत्यक्ष सहभागी भएर आफ्ना सकारात्मक धारणासहित ऐक्यवद्धता जनाउनु हुने गण्डकी प्रदेशका सांसद माननीय डिल्लीराम सुवेदी, गैर आवासीय नेपाली संघ आइसीसी अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरुसहित पदाधिकारी एवं गोर्खा अभियन्ताहरु र सन्चारकर्मीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछ । 

साथै, गैर आवासीय नेपाली संघ आइसीसी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा संयुक्त रुपमा नेपाल सरकारसमक्ष डेलिगेसनका लागि अक्टोबरमा नेपाल जान पनि बैठक हार्दिक निमन्त्रणा गर्दछ । 

धन्यवाद

३१ अगस्ट, २०२४ 

अल्डरसट, यूके 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search