एनआरएनए स्कटल्याण्डले केन्द्रीय अध्यक्षलाई बुझायो ज्ञापनपत्र

Gurkha Channel Avatar

लण्डन- गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय समिति स्कटल्यान्डले केन्द्रीय अध्यक्ष डा. बद्री केसीसमक्ष एक ज्ञापनपत्र बुझाएको छ ।

पहिलोपटक स्कटल्याण्ड पुगेका केसीलाई बिहीवार स्कटल्याण्ड अध्यक्ष दिवाकर पाण्डेयले गैरआवासीय नेपालीसंग सम्बन्धित विषयमा ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्रमा गैरआवासीय नेपाली नागरिकतामा सहजता, वंशजको नेपाली नागरिकता निरन्तरता, संघको विधान पुनर्लेखन, निर्वाचन प्रणाली, दर्ता भएका सदस्यताको शुद्धीकरण एवं संस्थागत संरचना परिवर्तन, संघलाई तीन तहमा विभाजन तथा परराष्ट्र मन्त्रालयबाट बाहिर ल्याउनु पर्ने, विदेशमा रहेको गैरआवासीय नेपालीहरूको पूँजी नेपाल भित्र्याउन पहल जस्ता माग एवं सुझाव प्रस्तुत छ।

यसैबीच, संघका अध्यक्ष डा. केसीले बिहीवार स्कटल्याण्डको फाइभमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा बसोबास गर्ने नेपालीले नेपाली कला संस्कृति र भेषभूषा प्रवर्द्धनका लागि जोड दिनुपर्ने बताएका छन्।

स्कटल्यान्ड राज्य समितिले गरेको उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष केसीले समृद्ध नेपालको परिकल्पना गर्दै देशका लागि केही योगदान पुर्‍याउने उद्देश्यले संघ स्थापना गरिएको बताए ।

उनले नेपालमा प्राकृतिक प्रकोपका बेला विदेशका नेपालीले देशका लागि उल्लेखनीय मानवीय सहयोग गर्दै आएको उल्लेख गरे।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष दिवाकर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. केसीले अब संघले पूर्ण अधिकारसहितको नागरिकता लिन ‘लविङ’ गर्ने प्रतिवद्धता पनि जनाए।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search