पूर्ण अधिकारसहितको नागरिकतामा एनआरएनए अध्यक्ष केसीकाे जाेड

Bimala Sene Avatar

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डा. बद्री केसीले नेपालको संविधानले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरेपनि आफूहरुको लक्ष्य पूर्ण अधिकारसहितको नागरिकता रहेको बताएका छन् ।

गैर आवासीय नेपाली संघ बेलायतले सोमबार अल्डरसटमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले 
संविधान संशोधनमार्फत यो लक्ष्य पुरा हुने दावी गरे ।

‘पूर्ण अधिकार दिंदा यसले नेपाललाई नै नाफा हुने हो । नेपाल अझ विकसित हुन्छ । विदेशमा रहेका ६० लाख नेपालीले हामी पनि नेपाली हौं भन्ने अनूभुति गर्नेछन्, उनीहरु मातृभूमिप्रति अझ समर्पित हुनेछन्’, उनले भने ।

अहिले गैर आवासीय नागरिकताले जग्गा पास नहुनु, बैंक अकाउन्ट नखोलिने, भिजा फि तिर्नुपर्ने जस्ता जटिलता भएपनि अब दशैं अगाडि नै क्याबिनेटबाट यो नागरिकता पूर्ण कार्यान्वयनमा आउने उनको विश्वास थियो । नेपालका प्रधानमन्त्री, गृहमन्त्री, कानूनमन्त्री लगायत पक्षसंग निरन्तर संवाद भइरहेको उनले बताए । ‘तर हाम्रो यो अन्तिम लक्ष्य होइन, हाम्रो लक्ष्य पूर्ण अधिकारसहितको नागरिकता हो’, उनको धारणा थियो ।

एनआरएनए नागरिकताले सम्पत्तिको अधिकार सुरक्षा भने गरेको केसीले बताए ।अध्यक्ष केसीले बेलायतलाई बलियो बनाउन रगत बगाउने गोर्खाहरुको योगदानले नेपालीको शीर उच्च पारेको बताउंदै भूतपूर्व गोर्खाहरुका मागमा संघको ऐक्यवद्धता रहेको बताए ।

एनआरएनएमा सानातिना समस्या रहेका तर ति चुनाव हारेपछि उत्पन्न समस्या भएका जनाउंदै केसीले लोकतान्त्रिक प्रक्रिया अनुशरण गर्न सबैलाई अनुरोध गरे ।

विदेशबाट समेत मत दिने व्यवस्था मिलाइएको अनलाइन भोटिङ स्वीकार गर्नुको सट्टा एनआरएनए चुनाव धांधली भयो भनेर एक पक्षले साइबर क्राइमका नाममा सिआइबी लगाएर आफूसहित सचिवालय कर्मचारीको खानतलासी गर्न लगाएपनि कुनै खोट नभेट्टाएको उनले प्रष्टयाए ।

सर्वोच्च अदालतले ०२१-२०२३ को कार्यसमिति अवैधानिक भनेर खारेज गरेपछि २०२३-०२५ को कार्यसमिति पनि अवैधानिक भनेर अपव्याख्या गरिएको जनाउंदै उनले परराष्ट्र मन्त्रालयले समेत काम बन्द गर्नु भनेका बेला सर्वोच्च अदालतको पछिल्लो फैसलाले आफ्नो कार्यसमितिलाई काम गरेर अगाडि जान अनुमति दिएपछि आफू पहिलो बेलायत भ्रमणमा आएको उनले बताए ।

विभिन्न उतारचढावका कारण संघको गतिविधि ४ महिना ग्याप भएपनि अब त्यसलाई पूर्ति गर्ने गरि संघले काम गर्ने उनले बताए । आगामी अक्टोबरमा एकताको अधिवेशन हुने जनाउंदै केसीले वार्ताको टेबुलमा आएर संवाद गर्न सबैमा आव्हान गरे ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search