कोमल गुरुङ र राधा गुरुङलाई युकेमा सम्मान

Bimala Sene Avatar

लन्डन । बेलायत भ्रमणमा रहेका तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा) र महिला विभाग अध्यक्ष राधा गुरुङलाई तमु समाज युकेले सम्मान गरेको छ । 

लन्डनको वेम्बली बरहामपार्कस्थित तमु समाज युकेको सामुदायिक भवनमा सोमबार २६ अगस्ट २०२४ मा एक कार्यक्रमबीच कोमल र राधालाई स्वागत तथा सम्मान गरिएको हो । समाजकी अध्यक्ष विन्दु घले गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष केदार गुरुङले सञ्चालन गरेका थिए । जलपानसँगै तमु समाजको परिचयात्मक भिडियो क्लिप देखाएर उक्त कार्यक्रम सुरु भएको थियो । 

इथ्निक माइनोरिटिज् कमिटी सदस्य, जनसेवा समितिका हङकङका पूर्वअध्यक्ष, एनआरएनए हङकङका सल्लाहकारसमेत रहेका अध्यक्ष कोमल र महिला विभाग अध्यक्ष राधाको बारेमा उपाध्यक्ष केदारले विस्तृत जानकारी गराए । अध्यक्ष विन्दु र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा आमा अध्यक्ष विमला गुरुङ र निवर्तमान अध्यक्ष उमादेवी गुरुङले संयुक्त रूपमा खादा, माला, फेटा र मायाको चिनोसहित सम्मान गरे । 

निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्व अध्यक्षकार्जङकुमार गुरुङ, शिवचन्द्र गुरुङ र आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, तमु समाजका सल्लाहकार लगायतले पनि खादा र माला लगाएर समाजसेवी कोमल र राधालाई स्वागत, सम्मान गरेका थिए । त्यसक्रममा तमु समाज युकेका सल्लाहकार एवं तमु धीं यूकेका पूर्वअध्यक्ष सुवाससिंह गुरुङले पनि अतिथिद्वयलाई स्वागत, सम्मान गरे । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search