किरात सिरीजङ्गा वर्णमाला सार्वजनिक

Bimala Sene Avatar

इलाम : याक्थुङ युवा मञ्च नेपाल केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ  ।

इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो ।

किरात सिरीजङ्गा लिपीको उन्नयन र विकासका लागि मञ्चले तयार पारेको वर्णमाला याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार एवम् किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष मधुराज केरुङ, चुम्लुङ लिम्बुवान प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले सार्वजनिक गरे ।

वर्णमाला सार्वजनिक हुनु लिम्बू समुदायका लागि नयाँ इतिहास निर्माण भएको प्रदेश अध्यक्ष केरुङले बताए ।

वक्ताहरुले युवाहरु परिवर्तनको संवाहक भएकाले सकारात्मक परिवर्तनमा लाग्न सुझाव दिए । उनीहरूले समाज र देश परिवर्तनका लागि युवाहरू अगाडी बढ्न जरुरी रहेको बताए  । उनीहरुले निराश नभई अघि बढे एकदिन अवश्य सफलता मिल्ने बताउँदै निरन्तर अघि बढ्न सुझाए ।

इलाम सदरमुकामस्थित फ्रेण्ड्स होटलको सभाहलमा सुरु भएको बैठकमा विभिन्न विषयमा छलफल, आगामी कार्ययोजना र इलाम घोषणापत्र जारी गरिने याक्थुङ युवा मञ्चका अध्यक्ष इधिङ्गोले बताए ।

याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष इधिङ्गोको अध्यक्षमा सुरु भएक बैठकको स्वागत केन्द्रीय उपाध्यक्ष सुनिल आङ्बो र सञ्चालन केन्द्रीय सदस्य कुमार यवाले गरेका थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search