अरुण तेस्रोमा ढुंगाले लागेर घाइते मजदुरको मृत्यु

Bimala Sene Avatar

संखुवासभा : संखुवासभामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्यामसाइट’ फ्याक्सिन्दामा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ४९ वर्षीय तुल्सीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए । 

अरुण तेस्रोका मजदुर थारुको मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा आइतबार राति सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका थिए। माथिबाट खसेको ढुंगाले लागेर थारुको शरीरको विभिन्न भागको चोट लागेको थियो।

स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई संखुवासभा जिल्ला अस्पताल ल्याइएको थियो। जिल्ला अस्पताल भर्ना भए लगत्तै जिल्ला अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 

अरुण तेस्रो जलविद्युत् परियोजनास्थलमा स्वास्थ्य संस्था नहुँदा अहिलेसम्म २० भन्दा बढी मजदुरले ज्यान गुमाइसकेका छन्। निरन्तर २४ सै घण्टा निर्माण कार्य हुने आयोजनामा कोही मजदुरलाई चोटपटक लागेर घाइते भए भने समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्न अवस्था छ। 

आयोजनास्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि आजसम्म त्यसो नभएको मजदुर बताउँछन्।  अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search