एनआरएनए यूकेले १३ सेप्टेम्बरमा नेपाली दूतावास अगाडि प्रदर्शन गर्ने

Gurkha Channel Avatar

लन्डन । प्रेम गाहामगर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले आगामी १३ सेप्टेम्बरमा लन्डनस्थित नेपाली दूतावास अगाडि प्रदर्शन गर्ने भएको छ ।

शुक्रबार बिहान आफ्नो एक प्रतिनिधिमण्डलसहित दूतावास पुगेर गाहामगरले लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन बुझाउँदै आउँदो १३ सेप्टेम्बर २०२४ का दिन दिउँसो १ बजे नेपाली दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने अवगत गराएका हुन् ।

गाहामगरले बुझाएको ज्ञापनमा नागरिकता ऐन संशोधन, दूतावासमा भेद्भाव, पूर्वाग्रह र गोर्खा एवं जनजातीलाई भवनभित्र बहिष्कार गर्ने परिपाटी तत्काल अन्त्य तथा गोर्खा समुदाय बुझेको राजदूत नियुक्त हुनुपर्ने, यूकेमा वृद्धवृद्धा नेपाली र गोर्खा भेट्रानहरुलाई कन्सुलर सेवामा सहयोग गर्न घुम्ती सेवा (मोबाइल सर्भिस) लागू गर्न अनुरोध र अन्तिममा लन्डनस्थित नेपाली दूतावासभित्र गोर्खाहरुका समस्या समाधानका लागि सहज होस् भन्ने उद्देश्यले उनीहरुमा समर्पित गोर्खासम्बन्धी एक बेग्लै प्रतिनिधि कार्यालय खोल्न माग गरिएको छ ।

ज्ञापनपत्रमा शान्तिपूर्ण प्रदर्शनमा बेलायतमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने र उक्त प्रदर्शन नागरिकता ऐन संशोधनका लागि दबाबस्वरुप गर्न लागिएको जनाइएको छ ।

‘अहिले नेपालमा ओली नेतृत्वको बहुमतको सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहेका बेला हामीले विदेश बस्ने समस्त नेपालीको सरोकारको विषय नागरिकता ऐन संशोधनको माग जोडतोडका साथ उठाएका हौं’, गाहामगरले भने, ‘नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा १ ले नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भन्ने व्यवस्था रहेकोमा सो दफालाई संशोधन गरिनु पर्ने हाम्रो माग छ । नेपाली नागरिकका सन्तानले आफ्नो राष्ट्रियता र वंशज जोगाउन यो प्रावधान तत्काल परिमार्जन गरिनुपर्छ । हामी नेपाल सरकारसमक्ष यो समस्या बेलैमा सम्बोधन गर्न आग्रह गर्दछौं । यदि कुनै पहल नभएमा हामी हाम्रो अधिकार पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्नेछौं ।’

ज्ञापनपत्र बुझाउन अध्यक्ष गाहामगरको नेतृत्वमा युवा तथा अभियन्ताहरु सम्मिलित ९ जनाको प्रतिनिधिमण्डल दिउँसो १.४५ बजे दूतावास गएको थियो । प्रतिनिधिमण्डललाई दूतावास कर्मचारीले स्वागत गरेपछि गाहामगरले उपनियोग प्रमुख रोशन खनालकै विरुद्ध ज्ञापन दिने भएकाले द्वितीय सचिव नेपाललाई ज्ञापन बुझाएका थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search