गस्तीमा रहेको प्रहरीमाथि डाकु समूहको रकेट आक्रमण, ११ जनाको मृत्यु

Bimala Sene Avatar

काठमाडौं : पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। अरु ५ प्रहरी जवान घाइते भएका छन्। 

रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। पञ्जाव प्रहरीका अनुसार मचका नदी क्षेत्रमा साप्ताहिक गस्ती सकेर फर्किएका दुई गाडीमध्ये एउटा गाडी बिग्रिएर रोकिएको अवस्थामा रकेट आक्रमण भएको हो। 

यही क्षेत्रमा गत महिना भएको आक्रमणमा एक प्रहरी अधिकारी मारिएका थिए भने ४ आक्रमणकारीको ज्यान गएको थियो। मचका नदी तटीय क्षेत्रमा लामो समयदेखि सक्रिय आपराधिक समूह नियन्त्रणका लागि प्रहरीले विशेष अभियान चलाइरहे पनि सफल हुन सकेको छैन।

पाकिस्तानको राष्ट्रिय कार्ययोजना कार्यान्वयन समीक्षा समितिको गत अप्रिलमा भएको बैठकले सिन्ध र पञ्जाव प्रहरीको बलले डकैतीविरुद्ध संयुक्त अभियान सुरु गर्ने निर्णय गरेको थियो। पाकिस्तानको प्रहरी बल चोरी डाकुका साथै आतंककारी समूहको निशानामासमेत पर्दै आएको छ। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search