थेम्स नदीको डिलमा गोर्खा स्मारक अनावरण

Bimala Sene Avatar

लन्डन । लन्डनको थेम्स नदीको किनारमा गोर्खा स्मारक अनावरण गरिएको छ । थरक काउन्सिलका मेयर कैरन रयापर र गोर्खा मेजर डिल्ली कुमार राईले संयुक्तरुपमा नवनिर्मित गोर्खा स्मारकको उद्घाटन गरेका हुन । मेयर रयापरले आफ्नो इलाका ईसेक्समा पहिलो गोर्खा स्मारक बनेकोमा खुसि ब्यक्त गरिन् ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका युके अध्यक्ष प्रेम गाह मगर, गोर्खा मेजर राई लगायतले सम्बोधन गरेका थिए । स्मारकको अनावरण बहूधर्मसंस्कारबाट गरियो । बुद्धिष्ट पुजारी, हिन्दु पुजारी, क्रिश्चियन पुजारी र किरात धर्मका राई र लिम्बु पुजारीले एकैसाथ आ-आफ्नो तरिकाले पुजा अनुष्ठान गरेका थिए ।

क्रस खुकुरी माथि गोर्खा हेड भएको स्मारक यूकेको हकमा सम्भवत यो पहिलो स्मारक हो । पंचधातुबाट बनेको स्मारकको कुल लागत ४५ हजार पाउण्ड अर्थात साढे ७८ लाख रहेको निर्माण समितिले जानाएको छ ।

प्रसिद्ध डार्टफोर्डक्रसिङ नजिकै थेम्स नदिको डिलमा रहेको प्रफिट ह्यारिटेज मिलिट्री संग्राहलयको प्राङगणमा सो स्मारकको स्थापना गरिएको हो । थरक नेपलिज गोर्खा कम्युनिटीको सयुक्त पहलमा सो स्मारकको निर्माण गरिएको हो भने परिकल्पनाकार किसोर लिम्बु र मान बहादुर राई हुन ॥ 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search