काठमाडौं । यस वर्षको ‘मिस्टर नेपाल’को उपाधि जित्न देशभरबाट छनौट भएका ३८ जना युवा प्रशिक्षणरत छन् । ती सबै युवाको एउटै अभिलाषा छ, ‘मिस्टर नेपाल–२०२४’को उपाधि जित्ने । तीमध्येका एक हुन्, सन्तोष लोकसम लिम्बू ।
सन्तोष मोडलिङमा रुची राख्छन् । उनीमा जोश र प्रतिभा पनि छ । आफ्नो मोडलिङप्रति रुची भएकै कारण ‘मिस्टर नेपाल’मा पाटिसिपेन्ट भएको उनको भनाइ छ । सन्तोष भन्छन्, ‘मिस्टर नेपाल’को उपाधि जित्नकै लागि पाटिसिपेन्ट भएको हुँ, हेरौँ, भाग्यले कतिको साथ दिन्छ ।’ एक महिना लामो प्रशिक्षणपछि आफूमा आत्मविश्वास बढेको सन्तोष बताउँछन् । ‘कन्फिडेन्ट बढेको छ’ उनले भने, ‘त्यो मेरो कन्फिडेन्ट फाइनलमा थाहा हुनेछ ।’
कोरियोग्राफर प्रशान्त ताम्राकारले क्याटवाकलगायत आत्मविकास सम्बन्धी ग्रुमिङ दिइरहेका छन् । प्रशिक्षणका क्रममा प्रतियोगीले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्वविकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणबाट आफुलाई निखारिहेका छन् ।
सन्तोष भन्छन्, ‘ट्रेनिङ प्रियड राम्रै भइरहेको छ । अब मलाई दर्शकको साथ र सपोर्ट चाहिएको छ ।’ उपाधि जित्नका लागि प्रतियोगी ट्यालेन्ट भएर मात्र काफी हुँदैन । त्यसका लासि भोटिङ पनि मुख्य कुरा हो । त्यसैले सन्तोषले आफूलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । हाल भोटिङ चलिरहेको छ ।
प्रतियोगी नम्बर २५ रहेका सन्तोष लिम्बू समुदायकबाट प्रतिनिधित्व गर्ने एकजना मात्र हुन् । सन्तोषको भोटिङ कोड पनि २५ नै रहेको छ । उनलाई जिताउन चाहनेले ईसेवामार्फत आफूले चाहेजति भोट गर्न सक्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले यही भदौ ८ गते शनिबार हुँदैछ । उक्त दिनसम्म सन्तोषलाई भोट गर्न सकिन्छ ।
देशभरका युवालाई सहभागीताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न प्रतियोगीता आयोजना गरेको आयोजक संस्था नेक्स्ट मोडल्सका सीईओ रवि धमलाले बताए । सबै प्रतियोगीहरु आफ्नो स्थानमा एकसेएक ट्यालेन्ट रहेको भन्दै कार्यक्रम निष्पक्ष हुने उनले बताए ।