,

भारतमा हजारौं डाक्टर सडकमा, अत्यावश्यक बाहेक सबै सेवा ठप्प

Bimala Sene Avatar

काठमाडौं : भारत पश्चिम बंगालको कोलकातास्थित सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलमा एक महिला चिकित्सकको बलात्कारपछि हत्याका दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन जारी राखेका छन्।

इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा शनिबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरू अझै काममा नफर्किएका हुन्।  उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन्। सोमबार पनि हजारौँ चिकित्सकहरूले इमर्जेन्सीबाहेकका बिरामीको जाँच गरेनन् भने धर्ना जारी राखे। 

राजधानी दिल्लीमा स्वास्थ्य मन्त्रालयनजिकै सयौँ चिकित्सकले प्रदर्शन गरेको भारतीय समाचार माध्यमले जनाएका छन्। सरकारले भने स्वास्थ्यकर्मीहरूको सुरक्षा व्यवस्था सुधारका उपाय सुझाउन समिति गठन गरिने जनाउँदै काममा फर्किन आग्रह गरेको छ। उनीहरुले सोमबार सडकमै राखी बाँधेका छन्।  सोमबार रक्षा बन्धन परेको हुनाले उनीहरुले सडकमै राखी बाँधे। 

घटनाको विरोधमा भारतका विभिन्न सहरमा प्रदर्शन जारी छ भने कोलकातामा कानुन व्यवसायीले पनि प्रदर्शन गरेका छन्। 

यही अगस्ट ९ गते राति ३६ घण्टा लामो सिफ्टका क्रममा सेमिनार हलमा आराम गरिरहेका बेला महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो। सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिए पनि अहिलेसम्म सोही अस्पतालमा खटिएका सञ्जय राय नाम गरेको एक स्वयंसेवक प्रहरीलाई मात्रै गिरफ्तार गरिएको छ।  

पश्चिम बंगाल सरकारको प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै उच्च अदालतले मुद्दा हेर्ने जिम्मा प्रहरीको केन्द्रीय जाँच ब्युरो(सीबीआइलाई दिएको छ। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search