जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका –२ ठूलडाँँडा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।
गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।
मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोरा रहेको अधिकारीले जानकारी दिए। भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो।