ब्रेन विकास हुन नसकेका (अटिजम) बालबालिकाका क्षेत्रमा काम गर्दै आएको काठमाडौंको एक विशेष विद्यालयको सहयोगका लागि कोरियामा बस्ने नेपालीहरुले अभियान चलाएका छन् । विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (एसएसडीआरसी)को सहयोगका लागि कोरियामा रहेका नेपालीहरुले विक्रम सिंह ठकुरीको संयोजकत्वमा समिति गठन गरी सहयोग अभियान सञ्चालन गरेका हुन् । उक्त समितिले आर्थिक संकलनका साथै अटिजमका बारेमा प्रचारप्रसार गर्नेछ ।