लन्डनस्थित ऐतिहासिक सोमरसेट हाउसमा आगलागी

Bimala Sene Avatar

लन्डन । बेलायतको राजधानी लन्डनस्थित ऐतिहासिक सोमरसेट हाउसमा आगलागी भएको लन्डन फायर ब्रिगेड (एलएफबी) ले जनाएको छ ।

एलएफबीले सोमरसेट हाउसमा आगलागी भएको सूचना पाएलगत्तै अग्नी नियन्त्रकको टोली पठाएको जनाएको छ । आगो निभाउन १५ बारुणयन्त्र परिचालन गरिएको छ । आगलागीपछि खिचिएका दृष्यमा धुवाँको मुस्लो फैलिएको र कर्मचारी तथा आगन्तुकहरू बाहिर उभिरहेको देखिन्छ ।

लन्डन प्रहरीले घटनामा मानवीय क्षति भने नभएको जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण अझै थाहा हुन सकेको छैन । मध्य लन्डनमा रहेको सोमरसेट हाउस जर्जियाली युगका भवनहरू र स्क्वायरहरू ट्यूडरहरूको समयमा निर्माण गरिएको हो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search