सोलुखुम्बुका बाढी पीडितलाई प्रति परिवार ६५ हजार रुपैयाँ राहत प्रदान, हिमताल फुटेर बाढी आएको पुष्टि

Bimala Sene Avatar

काठमाण्डौ – सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका सोलुखुम्बुका सांसद एवम् रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीमा रहनुभएका राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम शेर्पाले तत्कालका निम्ति राहत स्वरुप रकम दिएको बताउनुभयो ।

हिजो स्थानीय थामे खोलाको लेदोसहितको बाढीले गाउँका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति भएको छ । सिङ्गो गाउँ नै बगरमा परिणत भएको तथा भविष्यमा बसोबासका लागि योग्य नभएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको सांसद शेर्पाले जानकारी दिनुभयो । बाढीबाट एक सय जना विस्थापित भएका छन् ।

नेपाली सेनासहितका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि पीडितको सहयोगमा जुटेका छन् । बाढीले पक्की पुलमा पनि क्षति भएको छ । बाढीका कारण पुल भत्किएको र बाटो अवरुद्ध हुँदा हिँडेर जान सकिने अवस्था छैन । आज बिहान बाढी भने रोकिएको सांसद शेर्पाले जानकारी दिनुभयो ।

आज बिहान हेलिकप्टरबाट भएको अवलोकनका क्रममा त्यस क्षेत्रमा रहेका चार वटा हिमतालमध्ये सबैभन्दा सानो ताल फुटेको पाइएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । सांसद शेर्पाले भविष्यमा पनि जोखिम हुने भएकाले बस्ती स्थानान्तरण गर्ने सम्बन्धमा तीन तहका सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search