साेलुखुम्बु बाढी अपडेट : १२ घर, स्वास्थ्य क्लीनिक र विद्यालय बगायो, १०० जनाको उद्धार

Bimala Sene Avatar

सोलुखुम्बु : जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा आएको भीषण बाढीले आज १२ घर तथा होटल, एक स्वास्थ्य क्लीनिक र एक विद्यालय बगाएको छ। 

अहिलेसम्म बाढी प्रभावित १०० जनाभन्दा बढीको उद्धार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

अझै ७ घर उच्च जोखिममा रहेका छन्। एक जना भने सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ। ​जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन र तल्लो तटीय क्षेत्रमा समेत सावधानी अपनाउन अपिल गरिएको छ। 

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले हिमपोखरी फुटेर भीषण बाढी आएको हुनसक्ने बताए। क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ। अहिले उद्धार जारी रहेको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search