सार्वजनिक सुनुवाइ गर्दै एनआरएनए यूके, केन्द्रीय अध्यक्ष डा. बद्री केसी आउने

Bimala Sene Avatar

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले यही अगष्ट अन्तिम साता एक सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । अगष्ट २६ तारिख सोमबार अल्डरसटको एम्पायर ब्यांकेटिङमा संघ र संघको अभियानहरुका बारेमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो ।

कार्यक्रममा प्रमुख आकर्षणका रुपमा संघको अन्तरर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का अध्यक्ष डा. बद्री केसी सहभागी हुने भएका छन् । (एनआरएनए) यूके महासचिव गोविन्द खरेलका अनुसार कार्यक्रम गोर्खा आन्दोलन र यसका पक्षमा (एनआरएनए)को पहल, सम्पत्तिको सुरक्षा र नागरिकता निरन्तरता तथा (एनआरएनए)को आगामी कार्यभारलगायतका एजेन्डामा केन्द्रित रहनेछ ।

साथै यी मुद्धाहरुमा भइरहेका पछिल्लो प्रगति र अपडेटबारे जानकारी गराइनुका साथै कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासामा आइसीसी अध्यक्ष डा. केसी, (एनआरएनए) यूके अध्यक्ष हित काजी गुरुङसहितका पदाधिकारीले जवाफ दिनेछन् ।

बेलायतका लागि कार्यवहाक नेपाली राजदूत रोशन खनाल प्रमुख अतिथि रहने कार्यक्रममा (एनआरएनए) आइसीसीका पदाधिकारी, (एनआरएनए) यूकेका अगुवासहित बेलायतस्थित नेपाली संघसंस्था र समुदायका प्रतिनिधि सहभागी हुनेछन् । सोहि अवसरमा एनआरएनए यूकेले आइसीसी अध्यक्ष डा केसीलाई स्वागत तथा सम्मान पनि गर्ने कार्यक्रम छ ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले संघका पछिल्ला गतिविधि र आगामी कार्ययोजनाबारे बेलायतवासी आम गैरआवासीय नेपालीलाई जानकारी गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए । उनले बेलायतवासी सबै नेपालीलाई कार्यक्रममा आएर (एनआरएनए) र यसका अभियानहरुबारे बुझ्न, नबुझेका कुरा सोध्न र आफूलाई लागेका सल्लाह, सुझाव दिन समेत आग्रह गरेका छन् ।

कार्यक्रम अपरान्ह ३ बजेदेखि बेलुका ९ बजेसम्मलाई तय गरिएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search