बेलायतमा तिज धमाका, २० भन्दा बढी नेपाली कलाकारको प्रस्तुति

Bimala Sene Avatar

लन्डन । बेलायतमा आगामी ६ सेप्टेम्बरमा २० जनाभन्दा बढी नेपाली कलाकारहरु एकैठाउँ भेला पारेर ‘तिज धमाका-२०२४’ कार्यक्रम गरिने भएको छ ।

भक्त दर्जी नेतृत्वको सिर्जनशील नेपाली समाज युके, लक्ष्मी राई सञ्चालक रहेको न्यू लक्ष्मी ज्वेलर्स, पुरन गिरी सञ्चालक रहेको एम्पायर बैंक्वेटिङ एन्ड हल र एनएफडीएसएएन कमिटी युकेसहित ४ वटा संस्थाको आयोजनामा तिज धमाका हुन लागेको हो ।

कार्यक्रममा नेपालबाट बेलायत आएका र यहाँ रहेका चर्चित लोक तथा दोहोरी गायिका, मोडल तथा डान्सरहरुले प्रस्तुति दिन भएका हुन् । जसमा गायिकाहरु दिलु सलामी मगर, सपना गाहा, मनमाया वाइबा, जमुना राना, सबिता परियार, कल्पना श्रीपाल, कला लम्साल रेजिना परियार, कुमारी चेपाङ, सुशील गौतम, सिर्जना खत्री (हाउडेमाया), सबिना गुरुङ, उषा गुरुङ छिन् । गायकहरुमा मनसुधन थापा, राजु ढकाल, राजु आरडी र बसन्त लम्साल छन् । यस्तै डान्सर तथा मोडल आरुशी मगर, लक्ष्मी गुरुङ र अष्मिता रानाले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएका छन् ।

कार्यक्रम अल्डसटस्थित एम्पायर हलमा हुनेछ । हिन्दु नेपालीहरुले मनाउने तिज पर्व यस वर्ष भदौ २१ अर्थात् सेप्टेम्बर ६ तारिखमा बेलायत, नेपालसहित विश्वभर मनाइनेछ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search