बेलायतमा मनाइयो यलम्बर स्मृति दिवस 

Bimala Sene Avatar

लन्डन । किरात राई यायोक्खा बेलायतले विगत जस्तै यस वर्ष शनिबार १० अगस्टका दिन यलम्बर स्मृति दिवस मनाएको छ । आफ्नै जग्गा किरात हाउस गेम्बलसमा भव्य रूपमा मनाइएको कार्यक्रमको अध्यक्षता किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले गरेका थिए । 

कार्यक्रममा संविधानसभा सदस्य तारादेवी राई प्रमुख अतिथि रहेकी थिइन् । नेपाली राजदूतावासका प्रतिनिधि रामबाबु नेपाल, आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष  कर्मपहाडी शेर्पा, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेमगाहा मगर, तमु धीं बेलायतका अध्यक्ष हरि गुरुङ, मगर संघ बेलायतका अध्यक्ष सिता पुन, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष कल्पना राई, संरक्षक सदस्य तथा किरात राई यायोक्खा नेपालका पूर्वअध्यक्ष डा. सुमाया राईको उपस्थिती थियाे ।  

यसैगरी, संरक्षक सदस्य तथा किरात राई यायोक्खा हङकङका पूर्वअध्यक्ष भगवान चाम्लिङ, नेपालका पूर्व एसपी शिवजी श्रेष्ठ, आदिवाशी जनजाति महासंघका सचिव मेजर ईन्द्रप्रसाद राई, बीएफबीएस गोर्खाका प्रतिनिधि योगराज  राई, नेपालका सन् २०२२ का बडी बिल्डर च्याम्पियन उमेश राई, गायक तथा संगीतकार दिनेश काजी बान्तावासहित विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search