पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा टक्कर

Bimala Sene Avatar

काठमाडौं : उद्घाटन भएको १६ दिन र समग्रमा लगभग तीन साता लामो खेलकुद पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ।​

स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। 

सेन नदीमा आयोजित उद्घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।

समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ।

प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ। चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ।  

अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ। तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ। 

 पदक तालिकाको चौंथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ।  १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको  फ्रान्स पाँचौं स्थानमा छ।

आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२  पटक हात पारेको छ। दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन्।

इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ। पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन्।
ओलम्पिक अन्तर्गत आज थप  १३ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search