नवनिर्वाचित बेलायती सांसद अलेक्स बेकरलाई बिजिडब्लूएसद्वारा बधाई ज्ञापन

Bimala Sene Avatar

लन्डन । ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) ले हालै अल्डरसट निर्वाचन क्षेत्रबाट बहुमत ल्याएर विजय सांसद अलेक्स बेकरलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

यही शुक्रबार ९ अगस्ट २०२४ मा बिजिडब्लूएसको आफ्नै घर गोर्खा भवनमा अध्यक्ष मेरि केन्द्र दल देवान जेपीको सभापतित्वमा सांसद बेकरको स्वागत, बधाई र चियापन कार्यक्रम आयोजना गरिएको हो । नवनिर्वाचित सांसद बेकरलाई संस्थाको तर्फबाट अध्यक्ष देवानले फूलको गुच्छा, कोषाध्यक्ष टेकबहादुर थापा र ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका वरिष्ठ उपाध्यक्ष उत्तरबहादुर गुरुङले सेतो खादा लगाएर स्वागत तथा बधाई दिएका थिए ।

‘तपाईंहरुको साथ, सहयोगले आज म अगाडि उभिन पाएको छु । आउँदो चार वर्ष मैले सकेको मद्दत गर्नेछु,’ बधाई ग्रहणपछि सांसद बेकरले खुशी व्यक्त गर्दै भनिन्, ‘चुनावकौ दौडानमा पनि भनेको थिएँ । म प्रमिज गर्न त सक्दिनँ तर तपाईंहरुको अन्यायको लागि सधैं आवाज उठाउनेछु ।’

‘अल्डरसट निर्वाचन क्षेत्र आप्रवासीहरुको संख्या हेर्दा युकेकै टपटेनभित्र परेको छ । २०० बेड पोर्टस होटल र ३४५ बेड हिल साईड अपार्मेन्टमा आप्रवासीहरु बसेका छन् । यसकोबारे गृह मन्त्रालयसँग कुरा उठाएको छु,’ उनले भनिन्, ‘केही दिनयता आप्रवासी विरोधी आन्दोलन भयो । म माया र सम्मानमा विश्वास राख्दछु । कसैले जातिवादको नराम्रो कुरा गरेमा मलाई सिधै सम्पर्क गर्नुहोला । म त्यसको कडा निगरानी राख्नेछु ।’

सांसद बेकरले थपिन्, ‘वेष्टमिनिष्टर हलमा गोर्खा पेन्सनको डिबेट राख्नेछु । गोर्खाहरु भएको निर्वाचन क्षेत्रका एमपीहरुलाई सम्पर्क गर्दैछु ।’

अध्यक्ष देवानले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम नितान्तरुपमा बधाईका लागि राखिएको प्रस्ट पारे । उनले गोर्खा, बेलायत सरकार र नेपाल सरकारबीच चलिरहेको वार्ताका बारे सबै गोर्खा संस्थाहरु मिलेर आवाज राख्ने कार्यक्रम तय बन्दै गरेको जानकारी दिएका छन् । सांसद बेकरले झन्डै एक घन्टा गोर्खाहरुसँग गोर्खा भवनमा कुराकानी र चियापान गरिन् ।

बिजिडब्लूएसका पीआर प्रकाश गुरुङले संचालन गरेको कार्यक्रममा स्थानीय सदस्यहरु करिब १५ जनाको सहभागिता रहेको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search