,

बंगलादेशमा सडक आन्दोलनबाट एकैपटक सत्तामा पुगेका दुई युवा

Bimala Sene Avatar

काठमाडाैं । बंगलादेशमा सत्ताको उलटफेर हुनेगरी महिना दिन लामो आन्दोलनको नेतृत्व गरेका दुई युवा अन्तरिम सरकारको मन्त्री बनेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देशै छाडेर भागेपछि बिहीबार गठन भएको अन्तरिम सरकारमा २६ वर्षका नाहिद इस्लाम र आशिफ महमुद मन्त्री बने। बंगलादेशको इतिहासमै उनीहरू सबभन्दा कम उमेरका मन्त्री हुन्। 

देशभरि आन्दोलनको आँधीबेहरी सिर्जना गरेर प्रधानमन्त्रीलाई नै सत्ता छाड्न बाध्य बनाउन मुख्य भूमिका खेलेका यी दुई युवाले सरकारमा पुगेपछि पनि लोकतन्त्र र सामाजिक न्यायका लाग लडिराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार शपथपछि पत्रकारहरूसँग बोल्दै नाहिद र आशिफ दुवैले अन्याय र विभेदलाई फ्याँकेर मुलुकमा लोकतन्त्र र सामाजिक न्याय स्थापना गरिछाड्ने बताएका छन्।

‘युवाहरू पनि देशभक्ति र जुनूनका साथ देशको नेतृत्व गर्न सक्षम हुन्छन् भन्ने प्रमाणित गर्नेछौं,’ उनीहरूले भने । उनीहरूले मानवअधिकार र लोकतन्त्रका लागि लड्ने बताएका छन् । ‘आम नागरिकको मताधिकार, लोकतन्त्रको पुनर्स्थापना र सामाजिक न्यायका लागि लड्नेछौं,’ नाहिदले पत्रकारहरूसँग भने ।  

‘निर्वाचन आयोगसहितका निकायहरू पुनर्संरचना गर्छौं,’ उनले भने, ‘यदि बंगलादेश युवाहरूको हातमा भयो भने कहिल्यै पनि आफ्नो लक्ष्यबाट धरमराउँदैन।’ नाहिदले सम्पूर्ण जनता नै युवाहरूको भरमा परेर सडकमा ओर्लिएको बताए। ‘युवाहरूले राज्यको नेतृत्व लिनुपर्छ भन्ने जनतालाई लाग्छ भने उनीहरू तयार छन्,’ उनले भने।

उनले अन्तरिम सरकारमा युवा र अनुभवी व्यक्तिहरुको मिश्रित प्रतिनिधित्व रहेको बताए । ‘हामी सरकारमा मात्रै बस्दैनौं। सडकमा पनि हुन्छौं। मिलेर यो देशलाई समृद्धितर्फ लैजानेछौं,’ नाहिदले पत्रकारहरूसँग भने। आशिफले पनि आफूहरू सरकारको कान्छो सल्लाहकारको जिम्मेवारी लिन र चुनौती स्वीकार्न तयार भएको बताए।

को हुन् हसिनालाई सत्ताच्यूत गर्ने आन्दोलनका ुनायकु २६ वर्षीय नाहिद इस्लामर ?

बंगलादेशमा गत सोमबार कर्फ्यु तोड्दै लाखौं विद्यार्थी तथा युवा प्रदर्शनकारी प्रधानमन्त्री निवास प्रवेश गरे। विशाल जनप्रदर्शनबीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिइन् र देश छाडिन्।

कोटा प्रणालीविरूद्ध एक महिनादेखि चलेको यो प्रदर्शनलाई विद्यार्थी र युवा पुस्ताले चर्काएको आन्दोलन भनिन्छ। त्यही युवा पुस्ताबाट प्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गराउनमा नेतृत्वदायी भूमिका रह्यो, नाहिद इस्लामको।

आन्दोलन अवधिभर विद्यार्थी संगठित गर्नेदेखि नेतृत्व गर्नेमा उनको नाम सबभन्दा बढी चर्चामा रह्यो।

यी उनै युवा हुन्, जसले शेख हसिना भारत निर्वासित भएपछि सैन्य नेतृत्वको सरकार नस्वीकार्ने चुनौती दिए र नोबेल शान्ति विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न सिफारिस गरे। यति मात्र होइन, युनुसकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने सूचना पनि उनैले सार्वजनिक गरेका थिए।

यी पछिल्ला घटनाक्रमले बंगलादेशको आन्दोलनमा नाहिद इस्लामको भूमिका कति महत्त्वपूर्ण थियो भन्ने झल्काउँछ। उनलाई कतिपयले यो आन्दोलनका ‘नायक’ पनि भनेका छन्।

जम्मा २६ वर्षीय यी युवक को हुन्रु कसरी उनले यति ठूलो आन्दोलनको नेतृत्व गरे ?

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार नाहिद ढाका विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गर्दैछन्। उनी मानव अधिकारकर्मीका रूपमा परिचित छन्।

उनी पहिलेदेखि नै हसिनाको पार्टी अवामी लिगविरूद्ध खरो रूपमा बोल्थे। पार्टीमा आबद्धहरूलाई उनले ‘आतंककारी’ को संज्ञा दिएका थिए।

शाहबाग क्षेत्रमा सरकारविरोधी प्रदर्शन क्रममा उनले भनेका थिए, ‘अहिले विद्यार्थीहरूले लाठी बोकेका छन्। हामी हतियार बोक्न पनि तयार छौं।’

नाहिदका यस्तै आक्रोशपूर्ण अभिव्यक्ति र ऊर्जाले थुप्रै विद्यार्थी र युवा जमात प्रदर्शनमा थपिँदै गए।

उनले यो आन्दोलनमा प्राण भर्न सामाजिक सञ्जालको भरपुर उपयोग गरे।

खासगरी फेसबुकमा उनी आफ्ना समर्थकहरूसँग नियमित कुराकानी र छलफल गर्थे। उनीहरूलाई ऐक्यबद्ध ढंगले सरकारविरूद्ध ओर्लिन आह्वान गर्थे। उनका पोस्टहरू ऐक्यबद्धता र आन्दोलनमा घाइते भएकाहरूको सहायताका लागि हुन्थ्यो।

यो क्रम बढ्दै गएपछि हसिनाको सरकारले उनीमाथि अंकुश लगाउन खोज्यो। उनलाई जुलाई १९ को दिन ढाकाको सहुजबागस्थित साथीको घरबाट अपहरण गरियो। आँखामा पट्टी बाँधेर, हातमा हतकडी लगाएर उनलाई कुनै अनकन्टार ठाउँमा लगियो र चरम शारीरिक यातना दिइयो।

त्यति बेला अपहरण भएको दुई दिनपछि उनी अचेत अवस्थामा पूर्वाञ्चलको पुलमुनि फेला परेका थिए।

यो घटनाको सातादिन नबित्दै जुलाई २६ मा गोनोष्ठय अस्पतालबाट उनलाई दोस्रोपटक अपहरण गरियो। अपहरण गर्नेमा ढाका नगर प्रहरीको जासुसी शाखादेखि बंगलादेशका उच्च सैन्य बल संलग्न थिए। प्रहरीले भने आफ्नो सहभागिता नरहेको दाबी गर्दै आएको छ।

जुलाईमै भएको आन्दोलन क्रममा नाहिद र ढाका विश्वविद्यालयका केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनी थप चर्चामा आएका थिए। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search