सहकारी छानबिन समितिले रास्वपा अध्यक्ष रवि लामिछानेसँग बयान लिने

Bimala Sene Avatar

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने भएको छ।

शुक्रवार समितिका सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीसँग समितिले सहकारीको छानबिनमा निरन्तर काम गरिरहेको र गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले रास्वपा सभापति रवि लामिछानेसँग पनि समितिले बयान लिने बताएका हुन्। उनले छानबिन सकेर समयमै प्रतिवेदन बुझाउने बताए। 

‘समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको छ। सोधपुछको काम र वित्तीय विश्लेषणको कामसँगै भएको छ। सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार हुने र त्यसलाई समयमा नै सम्पन्न गर्ने गरी काम गरिरहेका छौँ‚’ उनले भने, ‘गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाउँछौँ।’

समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ। उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए। 
उनले कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताए।

उनले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिए पनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृहलाई पत्राचार गरेको बताए। 

उनले सरकारबाट यसबारे केही जानकारी नआएको बताए। उनले सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि विदेशमा रहेका २१ जना जरुरी रहेकाले जुनसुकै देशमा भए पनि समितिले समयमा नै छानबिनका लागि ल्याउन सरकारसँग आग्रह गरेको बताए। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search