, ,

बेलायतमा मनाइयो ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस (फोटो सहित)

Bimala Sene Avatar

लन्डन । आदिवासी जनजाति महासंघ बेलायतले ३०औं अन्तराष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । आईतबार ४ अगष्ट २०२४ को दिन अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा भव्य समारोहसहित दिवस मनाइएको हो । संविधानसभा सदस्य तारा राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले महासंघ बेलायतको वर्तमान अवस्था र आवश्यकताको विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत अवधारणा पत्रमा अध्यक्ष राईले तत्कालीन आवश्यकताहरु र अपरिहार्यताका मुख्य विषयहरु, महासंघको महत्व, पहिचान, सम्मान, स्थानीय कानुन र सरकारसँग आबद्धता र आधिकारिकताको विस्तृत रुपमा चर्चा गरेका थिए ।सोहि अवसरमा अध्यक्ष राईले सबै जातिय संगठनहरुको वार्षिक कार्यक्रमहरु सकेसम्म फरक फरक मितिमा राखि सबै कार्यक्रमहरु सफल बनाउनु पर्ने र सबै जातिय संगठनहरुको संयुक्त भित्ते पात्रो निकाल्नु पर्ने, बैंक खाता तत्काल खोल्नु पर्र्ने, आदिवासी सांस्कृतिक मेला वार्षिक रुपमा आयोजना गर्न पर्र्ने, महासंघलाई परोपकारी संस्था वा समुदायिक हित कम्पनीमा दर्ता गर्नुपर्ने साथै सबै सदस्य संगठनहरुलाई आर्थिक र नैतिक जिम्मेवारी दिनु पर्नेमा जोड दिएका थिए । साथै दीर्घकालीन आवश्यकतामा नेपाली नागरिकताको निरन्तरता, भतपूर्व गोर्खा सैनिकका समस्याहरुको पहल कदमीहरुलाई थप सहयोग साथै अन्तराष्ट्रिय संस्थाहरुसँग आवद्ध हुँदै आदिवासी जनजातिहरुको पहिचान, संस्कार, संस्कृति र समान हकहितका बिषयहरुको सुरक्षा र सुनिश्चितताको लागि पहल गर्ने जस्ता विषयहरूमा विस्तृत विचार अध्यक्ष राइले राखेका थिए ।

दिवसको अवसरमा हरेक वर्ष प्रदान गरिने आदिवासी वर्ष पुरुष २०२४ र आदिवासी वर्ष महिला २०२४ को पहिचान साथै सम्मान समेत प्रदान गरिएको थियो । उक्त सम्मान यस वर्ष पुरुष तर्फ पुर्व अध्यक्ष तथा सल्लाहकार सिरी प्रसाद लिम्बुलाई प्रदान गरएिको थियो भने महिला तर्फ पुर्व महासचिव तथा सल्लाहकार विमला सेनेलाई प्रदान गरिएको थियो । सम्मानीत हुने लिम्बू र सेनेलाई प्रमुख अतिथी तारा राई र अध्यक्ष राईले खादा र ट्रफी प्रदान गरेका थिए ।

सोही अवसरमा कार्यक्रमा नवनिर्वाचित नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष विमला सेनेसहित पत्रकार महासंघ बेलायतको कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा तमुधी बेलायतले स्वागत नृत्य र किरात राई यायोक्खा बेलायतले साकेला सिली प्रदर्शन गरेका थिए भने गाएक जानुका राई बिना राई सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायत स्थित नेपाली राजदुतावासका प्रतिनिधि रामबावु नेपाल, गैर आवासिय नेपाली संघ बेलायतका अध्यक्ष प्रेमगाहा मगर, आदिवासी जनजाति महासंघ नेपालका पुर्व सचिव भक्त बहादुर दुरा, गोर्खा भुतपूर्व सैनिक संगठनका सभापति तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण कुमार राई, गोर्खा सत्याग्रहका संयोजक कृष्ण बहादुर राई, आदिवासी जनजाति महासंघ बेलायतका संस्थापक अध्यक्ष थर्क राना, पूर्व अध्यक्ष सिरी प्रसाद लिम्बु, पूर्व अध्यक्ष जंग सुनुवार र निवर्तमान अध्यक्ष कर्मपहाडी शेर्पाको उपस्थिति रहेको थियो । साथै तमुधी बेलायतका अध्यक्ष हरी गुरुङ, मगर संघ बेलायका अध्यक्ष सिता पुन, किरात राई यायोक्खा बेलायतका प्रतिनिधि प्रसाद राईका साथै विभिन्न जातिय र क्षेत्रिय संगठनका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा महासंघलाई योगदान पु¥याउनुहुने महसंघ बेलायतका पूर्व सल्लाहकार तथा तमुधी बेलायतका पूर्व अध्यक्ष ज्ञाम गुरुङलाई विशेष सम्मान सहित ट्रफि प्रदान गरिएको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search