लन्डन । नेपाल आदिवासी जनजाति महासंघ युकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको सुभकामनाका साथ बधाई तथा सम्मान गर्ने भएको छ ।
आगामी अगष्ट ४ आइतवारका दिन तिसौं विश्व आदिवासी दिवसको उपलक्ष पारेर नयां कार्यसमितिलाई सम्मान गर्न लागिएको महासंघका अध्यक्ष रि.मे योगेश कोयु राईले जानकारी दिनुभएको हो । गत जुलाई १४ मा भएको नेपाल पत्रकार महासंघको छैठौ अधिवेशनले विमला सेनेको नेतृत्वमा १५ सदस्य रहेको कार्य समिति चयन गरेको छ ।
यो वर्ष भने महासंघले नजिकको सप्ताहान्त पारेर “देश तथा विदेश जहा रहेपनि हाम्रो पहिचान, प्रतिनिधित्व र समावेशीताको आवाज उठाउ, हाम्रो भाषा, धर्म, संस्कृति र अधिकारको लागि विश्वव्यापी जागरण अभियान गरौं” भन्ने नाराका साथ अल्डरसटको द प्यालेसमा दिउसो १२ वजे देखि भव्य रुपमा मनाउने भएकोछ । आयोजकका रुपमा नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघर र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ समेत रहेका छन् । महासंघले वेलायतमा रहेका सवै समुदायलाई कार्यक्रममा सहभागिताको हार्दिक अनुरोघ पनि गरेको छ ।
हरेक वर्ष विश्वभर अगष्ट ९ मा विश्व अदिवासी दिवस मनाईन्छ । यस वर्ष संयुक्त राष्ट्र संघले “Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact” मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
जातिय संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघमा वेलायतमा रहेका १४ वटा जातिय संस्थाहरु अवाद्ध रहेका छन ।