नेपाल पत्रकार महासंघ युकेको छैठौं अधिवेशनका लागि निर्वाचन समिति   गठन।

Oman Gauchan "Hanson" Avatar

लन्डन- नेपाल पत्रकार महासंघ (एफएनजे) युके शाखाको छैठौं अधिवेशनका लागि गठित निर्वाचन समितिले पूर्णता पाएको छ ।

सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमितिको बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगर संयोजक रहेको निर्वाचन समितिको सदस्यमा शाखाका सल्लाहकारहरु पूर्ण गुरुङ र प्रजय शुक्ललाई नियुक्त गर्ने निर्णय गरेको छ भने सोलिसिटर उत्तरमान तिगेलालाई निर्वाचन समितिलाई आवश्यक कानूनी परामर्शको लागि नियुक्त गरेको छ ।

बैठकले आगामी जुलाई १४ मा हुने शाखाको छैठौं अधिवेशन आयोजनाका लागि उपाध्यक्ष प्रमिला लावुङ राईलाई संयोजक तोकेको छ भने कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार र आर्थिक संयोजक कोषाध्यक्ष एसके गुरुङलाई तोकेको छ ।

बैठकले निर्धारित मितिमै अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघ केन्द्रीय समितिसंग समन्वय गर्ने र शाखाका सम्पूर्ण सदस्यलाई सहभागिता तथा सहयोगको लागि आव्हान गर्ने निर्णय समेत गरेको छ । शाखाको आगामी जुलाई १४ मा अल्डरसटमा हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search