काठमाडौं । तिब्बतको खासाबाट काठमाडौं ल्याउँदै गरेको ८ किलो सुनसहित दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ । नियमित चेकजाँचका क्रममा काठमाडौं आउँदै गरेको यात्रु बसमा सवार उनीहरुलाई प्रहरीले सिन्धुपाल्चोकको जलबिरेमा पक्राउ गरेको हो ।
यात्रुबाहक बसमा अवैध सुन ल्याउँदै गरेको भन्ने सुराकीको आधारमा प्रहरीले तसाली लिँदा कपडाको पेटी भित्र लुकाई कम्मरमा बानेर राखेको अवस्थामा गुम्बा गाविस–८, क्याङसिङका दाजु लाक्पा शेर्पा र भाइ पासाङ शेर्पा ८ किलो सुनसहित पक्राउ परेका हुन् ।
उनीहरु चीनको खासा बजारबाट भैरबकुण्ड लेक, वाङगुचे हुँदै जलबिरेमा आइपुगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अरनिको राजमार्गस्थित दर्जनौ प्रहरी चौकीहरुले पटक पटक सुन बरामद गरेपछि पछिल्लो समय तस्करहरुले चीनको खासा बजारबाट बन जंगल तथा ग्रामीण वस्ती हुँदै सुन ओसार्न थालेको तथ्य पनि खुलेको छ ।
राजमार्गबाट हुने अवैध सुन तस्करीको बाटो परिवर्तन गरी राजमार्ग भन्दा बाहिर सुन बरामद भएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);