काठमाडौं । नेपाल विद्युत प्राधिकरण रौतहट चन्द्रपुर शाखाका सुपर भाइजर उमेशकुमार यादव घुस लिँदालिँदै पक्राउ परेका छन् । यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार बिहान रङ्गेहात पक्राउ गरेको हो ।
थ्री फेजको मिटर जडान गर्न ग्राहकसँग घुस लिएको डेढ लाख रुपैयाँ सहित यादवलाई चन्द्रनिगाहपुर स्थित होटल अल्पाइनबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।
यादवले स्थानीय रंगपुर गाविसमा सञ्चालित राहुल राइस मिलका सञ्चालक बैजु साहसँग थ्री फेज लाइन जडान गरे वापत दुई लाख भन्दा बढी रकम मागेका थिए ।
एक लाख ५० हजारमा सहमती भएअनुसार मंगलबार बिहान उक्त होटलबाट रकम बुझेर निस्कने क्रममा यादवलाई अख्तियारको काठमाडौंबाट आएको शाखा अधिकृत कृष्ण दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।