नेपाली काँग्रेसका पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडुले संविधान जारी पछिमात्र सुशिल कोईरालाले प्रधान मन्त्रीको पद छाड्ने बताउनु भएको छ। रफत सञ्चार क्लवले शनिवार आयोजना गरेको साक्षातकार कार्यक्रमा बोल्दै बडुले सरकारमा आउनेहरुका लागि काँग्रेसले सदा ढोका खुल्ला राखेता पनि संविधान जारी नभए सम्म शुसिल कोइरालको विकल्प नभएको बताउनु भयो। सहमती अनुसार संविधान जारी पछि प्रधान मन्त्रीको पालो एमालेको भएता पनि सवै दलहरुको सहमतीमै निर्भर हुने उहाँको टिप्पणी थियो।
उहाँले संविधानका विषयमा लामो समयम सम्म पनि नेताहरुको बैठकले गर्न नसकेको काम यो विपत् पश्चात जेष्ठ २५ को भूमिकाले संविधान जारी हुने बताउनु भयो। राहत वितरणमा आएका भ्रष्टाचारको विषयमा छानविन गरिनु पर्ने र दोष देखिए कसैलाई छाड्न नहुने भन्दै एनजीओ र आईएन जीओको भूमिकाको अगाडी दलहरु झुक्न बाध्य भएको बडुले बताउनु भयो। उहाले मनसुनको सुरुवात सँगै विपत्मा परेकाहरुका लागि तत्कालै बासको व्यवस्था गर्नु पर्ने हुँदा यसतर्फ सबैको ध्यान जानु पर्ने उल्लेख गर्नुभयो।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);