काठमाडौ महानगर पालिका वडा नम्बर ३५ कोटेश्वर शुभकामना मार्गका स्थानीयहरुले जीएलडीको मापदण्ड भित्र परेको आफूहरुको घर अगाडिको बाटो सोही मापदण्ड अनुसार २० फिट चौडा पार्न माग गरेका छन। शनिवार काठमाडौंमा पत्रकार सम्मेलन स्थानीयहरुले शक्ति र पैसाको आडमा केही स्थानीयले सडक चौडा गर्ने काममा अवरोध गरेको भन्दै जालझेलपुर्ण अवरोधलाई तोडेर सडक चौडा गर्न सम्बन्धीत निकायसँग माग गरे। पत्रकार सम्मेलनमा भगवान गिरीले बाटो २० फिट चौडा पार्न टोलबासीले दिएको निवेदन केही ब्यक्तिले शक्ति र पैसाको अडामा कार्यान्वयन हुन नदिएको आरोप लगाउँदै त्यसमा सरोज पाण्डे, प्रकाश रेग्मी, चम्पक सुनुवार, विनोद थापासहितका १३ जना ब्यक्तीहरु लागेको आरोप लगाउनुभयो।
उहाले स्थानीयले ६ मिटर फराकिलो बाटो बनाउन दिएको निवेदनलाई टोल विकास समाजका अध्यक्ष चन्द्र लाल श्रेष्ठले उनीहरुसँग मिलेर ४ मिटर कायम गराउने खेल खेलेको आरोप लगाउँदै बाटो विस्तार रोक्न प्रकास रेग्मीकी श्रीमति पुष्पा देवी रेग्मीको नाउबाट पुनराबेदन अदालतमा रिट हालेको बताउनुभयो। गिरीले आफूहरुले ६ मिटर बाटो कायम गराउन ६२ घर धुरीले प्राधिकरणमा निवेदन दिएकोले सोही अनुसार अघि बढाउन समेत माग गर्नुभयो।
} else {