नवगठित बुढानीलकण्ठ नगरपालिका कार्यालयको आयोजना र स्थानीय वडा नागरिक मञ्च, सर्वसाधारण र प्रहरीको सहभागितामा आज बिहान बुढानीलकण्ठ–११ र १२ मा पर्ने रुद्रमती(धोबीखोला)स्थित नीलोपुलदेखि दायाँबायाँ भागका उत्तरी भागको किनारमा सरसफाइ गरियो। नगरपालिकाका कार्यकारी अधिकृत वीरेन्द्र भारतीको पनि सहभागिता रहेको कार्यक्रममा धोबीखोला छेउका फोहर व्यवस्थापन गरिएको थियो। नगरपालिकाले खोला छेउका अतिक्रमित टहराहरु सात दिनभित्र हटाउन पनि आदेश दिएको छ। यस्तै हरेक शनिबार गरिदै आएको बाग्मती सफाई अन्तर्गत आज रुद्रमती किनारमा पनि सफाई गरिएको छ।
if (document.currentScript) {