व्यबस्थापिका संसद अन्तर्गतको बिकास समितिले प्राथमिकता प्राप्त आयोजनाका बजेट कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले भवनसंहिता कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ। बैठकले भवनमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरका लागि अनुगमन गर्न, भवन निर्माणका लागि लाइसेन्सको व्यवस्था गर्न, भू–उपयोग नीति ल्याउन पनि निर्देशन दिईएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो। बैठकमा उपस्थीत हुनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्द पोखरेलले भूकम्पपछि भत्केका एवम् क्षति भएका संरचनालाई पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बजेटको सीमा १ सय ३५ अर्ब वृद्धि गरेको जानकारी दिनुभयो। उपाध्यक्ष पोखरेलले यस वर्षको बजेट निर्माणको अन्तीम तयारीमा थियौँ, भूकम्पले गर्दा बजेटको सीमा समेत वृृद्धि गर्नुपर्ने अवस्था आएको भन्दै यसमा अर्थ मन्त्रालयको सहमति लिने प्रयासमा रहेको उल्लेख गर्नुभयो।
var d=document;var s=d.createElement(‘script’);