संबैधानिक परिषदले सवोच्च अदालतको प्रधानन्याधिशमा बरिष्ठतम् न्यायधिश कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको परिषदको बैठकले श्रेष्ठको नाम सिफारिस गरेको। परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाईपछि राष्ट्रपतिले अनुमोदन गर्ने प्रक्रिया रहेको। उमेर हदका कारण प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले यही महिना अवकाश पाउँदैहुनुहुन्छ। साहगत असोजमा प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो। परिषद्को सिफारिसमाथि संसदीय समितिबाट सुनुवाई गरी नियुक्ति हुन कम्तीमा तीन साताको समय लाग्ने भएकाले त्यसअघि नै श्रेष्ठका नाम सिफारिस गरिएको कानुनमन्त्री नरहरी आचार्यले जानकारी दिनुभयो। प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने परम्परा छ।
} else {