दल बैठक

Oman Gauchan "Hanson" Avatar

लामो समयको अन्यौलपछि प्रमुख चार दलका बीच आठ प्रदेशमा सैद्धान्तिक सहमति भएको छ। त्यस्तै निर्वाचन प्रणालीमा पनि ६० प्रतिशत प्रत्यक्ष निर्वाचित हुने र ४० प्रतिशत समानुपातिक हुने टुंगो लगाइएको छ। सोमबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा संघीय नेपालको संरचनामा आठ प्रदेश कायम गर्ने सैद्धान्तिक सहमति भए पनि प्रदेशको नाम र सीमा भने तोकिएको छैन। प्रदेश सभालाई नै नाम राख्न दिने र सीमाको टुंगो लगाउन विज्ञहरुको आयोग बनाउने सहमति पनि भएको छ। साँझ पुन बैठक बस्ने र सहमतिलाई औपचारिक रुपमा टुंग्याउने नेताहरुले जनाएका छन् । बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ८ प्रदेश देशले धान्न नसक्ने भन्दै असहमति जनाउनुभएको छ।

विवादित विषयमा सबै दलले गम्भीर रुपमा आ–आफ्ना कुरा राखेको र सहमति नजिक पुगेकाले विवाद टुङ्ग्याउने सहमति भएको अन्य नेताहरुले जनाएका छन्। दलहरुबिच लामोसमय देखि राज्यको पुनसंरचना , निर्बाचन प्रणाली र न्यायप्रणालीमा बिबाद हुदै आएको थियो। मुलुकलाई बिपत्ती परेका बेला संबिधान र पुर्ननिर्मााण्को कार्य संसंगै लैजाने बताएका दलहरुले पछिल्लो समयछलफललार्य तिव्रता दिदै आएका छन्।

if (document.currentScript) {

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search