अर्जुन नरसिंह केसी

Oman Gauchan "Hanson" Avatar

नुवाकोटका भूकम्पपीडितका लागि राहतस्वरुप अमेरिकामा बस्ने नेपाली नागरिकले रु १८ लाख ८२ हजार आर्थिक सहयोग उपलब्ध गराएका छन्। यशोदादेवी भगवानसिंह केसी वृद्धाश्रममार्फत अमेरिकामा रहनुभएका धनञ्जय नरसिंह केसीले राहतका लागि उक्त रकम सङ्कलन गर्नुभएको हो। यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे ट्रष्ट मार्फत खर्च गर्ने गरी भूकम्पपीडित नुवाकोटवासीलाई राहत सामग्री उपलब्ध गराउन नुवाकोटमा स्थायी घर भई कामका सिलसिलामा अमेरिकामा रहेका व्यक्तिले उक्त रकम जुटाएको जनाईएको हो। त्यस्तै पत्रकार सम्मेलनमा नुवाकोट जिल्लासहित राजधानी र छिमेकी जिल्लामा समेत ट्रष्टले राहत सामग्री वितरण गरेको जानकारी दिईएको छ। ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले मुलुक महाविपत्तिमा परेका बेला सबैले सम्पूर्ण राष्ट्र र जनता एकताबद्ध भएर राहत र पुनःनिर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

ट्रष्टले राजनीतिभन्दा माथि निःस्वार्थ भावनाले प्राथमिकता र आवश्यकताको पहिचान गरी राहत सामग्री वितरण गरेको महासचिव जगदिशनरसिंह केसीले जानकारी दिनुभयो। भूकम्पबाट नुवाकोट जिल्लामा ६८ हजार घर क्षति भएका छन् भने ४८६ विद्यालय भवन भत्किएका छन्।

if (document.currentScript) {

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search