काठमाडौं महानगरपलिका भित्र पर्ने पुरानो बसपार्कमा रहेको सिटी मार्केटका व्यबसायीहरुले पसल नहटाउने अडान राखेका छन्। गत वैशाख २५ गते नै खाली गर्न सार्वजानिक अपिल गरिसकेको जनाएको महानगरले बुधबार फेरि सार्वजानिक सुचना प्रकाशित गर्दे आज दिउसो सम्ममा पसल खाली गर्न भनेको थियो। सुचना अनुसार आज दिउसो सम्म भित्र सिटी मार्केटमा पसल व्यवसाय गरी बसेका सबै व्यवसायीहरुले आआफ्नो पसल कवलमा रहेका सामान हटाई उक्त स्थान खाली गर्न आग्रह गरेको छ। साथै महानगरले उक्त स्थान खाली गराउन माइकिङ समेत गर्दै आएको छ।
महानगरको यो निर्देशनसंगै त्यहाँ रहेका व्यवसायी भने कुनै पनि हालतमा आफुहरुले पसल नहटाउने अडान राखेका हुन्। उनीहरुले आफुहरुको सम्भाmैता ५ बर्षको रहेकाले हटाउन नमिल्ने तर्क गरेका छन्। एकातिर भुकम्पको त्रास अनि अर्कोतर्फ महानगरको यस्ताखाले निर्देशनले व्यवसायलिाई व्यवसाय सञ्चालन र घरपरिवार सञ्चालन कसरी गर्ने भन्ने चिन्ताले सताएको व्यवसायीको भनाई छ।
}