स्वास्थ्यमन्त्री खगराज अधिकारीले भूकम्पबाट घाईते भएकाहरुको उपचारमा कुनै कमि हुन नदिने बताउनुभएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले बिहीबार काठमाडौमा संयुक्त रुपमा आयोजना गरेको मनोसामाजिक परामर्श कार्यक्रममा मन्त्री अधिकारीले सरकाले निशुल्क रुपमा घाईतेहरुको उपचार गरिरहेको बताउनुभएको हो। प्राकृतिक प्रकोपका कारण धेरैले ज्यान गुमाउनुपरेको भन्दै उहाले जस्तोसुकै घाईतेहरुको पनि नेपालमा नै उपचार सरकारले गरिरहको दाबी गर्नुभयो। उहाले भूकम्प भन्दा पनि आफैले निर्माण गरेको कमजोर भौतिक संरचनाका कारण नै समस्या भएको बताउनुभयो। कार्यक्रममा भूकम्प प्रभावितहरुलाई बिशेषज्ञहरुद्धारा मनोसामाजिक लगाएतका अन्य बिबिध परामर्श दिईएको थियो।