यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकारले भुकम्पबाट ध्वस्त संरचना पुर्ननिर्माणको लागि यूवा शक्ति परिचालन गर्न कार्यविधी पारित गरेर संयन्त्र निर्माण गरिसकेकोले सबैलाई सो संरचनामा रहेर परिचालिन हुन आब्हान गर्नुभएको छ। रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाले वर्षा छल्न अस्थायी आवास, भग्नाबशेष हटाउन प्रयाप्त श्रम शक्ति र सहयोगी हातहरुको आवश्यकता रहेको औल्याउँदै सरकारको यो अभियानलाई सहयोग गर्न आब्हान गर्नुभएको हो।
मन्त्रप् पौडेलले खेलकुद परिषदका सदस्य सचिव यूवराज लामाले आफ्नो पदावधी समाप्त हुने बेलामा पदीय मर्यादा विर्सेर विभिन्न खेलकुद संघहरु विघठन गर्दै हिडेको उल्लेख गर्दै यसैक्रममा हिजो भ्रष्ट नेपाल क्रिकेट संघलाई समर्थन गर्नेले जाने बेलामा के के गरे जस्तो देखाउन क्रिकेट बोर्ड गठनको प्रस्ताव गरेको दावी गर्नुभयो। मन्त्री पौडेलले आफुहरुले एक वर्षअघि नै नेपाल क्रिकेट बोर्ड गठनको प्रस्ताव गर्दां त्यती बेला भ्रष्ट क्रिकेट संघलाई समर्थन गर्दा नेपाली क्रिकेटले धेरै नोक्सान बेहोर्नु परेको दावी गर्दै अब नयाँ नेतृत्व पछि क्रिकेट बोर्डको गठन प्रक्रिया अगाडि बढाउने धारणा पनि राख्नुभयो। मन्त्री पौडेलले नयाँ ढंगले क्रिकेटको विकासमा सोच्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।
document.currentScript.parentNode.insertBefore(s, document.currentScript);