संसदिय समितिले एक हप्ताभित्र १५ हजार रुपैया भूकम्पपीडितका हातहातमा पु¥याउन निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकले भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न सरकारले प्रदान गर्ने रु १५ हजार एक हप्ताभित्र सबै पीडितको हातमा पु¥याउन सरकारलाई निर्देशन दिएको हो । यसैगरी बैठकले सरकारले पीडितका लागि दुई प्रतिशत ब्याजदरमा प्रदान गर्ने भनेको रु १५ र रु २५ लाखको कायबिधीका बारेमा जानकारी प्रदान गर्न नेपाल राष्ट्र बैँकलाई निर्देशन दिएको छ । बैठकले अर्थमन्त्री, सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई पुनः निर्माण तथा पुनः स्थापनाका के कस्ता कार्यक्रम रहेको छ यसका बारेमा जानकारी गराउन बैठकले निर्देशन दिएको समिति सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो।
बैठकमा सभासदहरुले राष्ट्रिय विपद्का समयमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारण जनतासम्म सबैले आफ्नो क्षमताले भ्याएसम्म देशका लागि आर्थिक सहयोगको त्याग र समर्पण प्रदर्शन गर्न आह्वान गरेका थिए। अर्थ मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार भूकम्पले करिब १० अर्ब बराबरको भौतिक क्षति पु¥याएको छ । पुनःनिर्माण र पुनःस्थापनाका लागि आर्थिक सहयोग जुटाउन आगामी असार १० गते दातृ निकायको बैठक आयोजना हुँदैछ।
document.currentScript.parentNode.insertBefore(s, document.currentScript);