आइतबार बस्ने भनिएको संविधानसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ। बैठक आइतबार दिउँसो ३ बजे बस्ने तय भएको थियो । तर, सभासदहरु अझै पनि भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत र पुनर्निर्माणको काममा खटिएको कारण देखाउँदै बैठक आउँदो २१ गतेसम्मका लागि स्थगित गरिएको छ। आइतबार विहान बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा संविधानसभा बैठक स्थगित गरी राष्ट्रिय सरकार गठनमा सहमति खोज्ने सहमति भएको थियो। संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना निकालेर आउँदो २१ गते दिउँसो ३ बजे बस्ने जानकारी दिनुभएको छ।
} else {